समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरू समय छैन भन्दै टार्ने गरेकोमा सभापति थापाद्वारा आपत्ति
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरू समय छैन भन्दै टार्ने गरेकोमा आक्रोश व्यक्त गरेका छन् । बिहीबार बसेको समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरु उपस्थित हुन नसक्दा कानुन निर्माणमा ढिलाइ भइरहेको बताए । बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानुन निर्माण गर्न समय लाग्ने गरेको उनको भनाइ थियो ।
समयसँगसँगै समितिमा आएका विधेयकहरूको छलफलका लागि प्राथमिकता दिन सांसदहरूसँग आग्रह गरे ।
बैठक गर्ने, बैठक एक, दुई घण्टामा फुर्सद छैन भनेर हिँड्ने, कहिले बैठक गरेर कोरम नपुग्ने, कहिले मन्त्रीको फुर्सद नहुने गरेर कानुन बन्दैनन् । बैठक बोलायो कोरम पुग्दैन । एक घण्टा कुर्नपर्ने अवस्थाको सिर्जना भयो । समयलाई पनि ध्यान दिनुपर्छ र प्राथमिकता पनि दिनुपर्छ, उनले भने ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस