नक्कली गणतन्त्रवादीलाई तह लगाउन आजपाले सिंहदरबार घेराउ गर्ने : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्ष सहित सिंहदरबार घेराउ गर्ने निर्णय आजपाले गरेको छ ।
आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज बसेको स्थायी कमिटी बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्णरुपमा असफल भएको बताउदै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए ।
यस्तै ओली नेतृत्वको सरकार र दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला–जिल्लामा सर्वपक्षिय भेलाद्धारा जनआन्दोलन परिचालन समिति गठन गर्दै सरकार र दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।
गणतन्त्र दिवसकै अवसरमा आगामी जेठ १५ गते नक्कली गणतन्त्रवादी अर्थात दलतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने उनले बताए ।
यस्तै बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन अन्तरगतको चैत २४ गतेको काठमाडौंमा भएको प्रदर्शन र सभा उत्साहजनक सहभागितामा सफल भएको निष्कर्ष निकालेको छ । चैत २४ गतेको सभा र विरोध प्रदर्शन व्यापक समर्थन र सहभागितामा सम्पन्न भएको र कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक, नैतिक सहित सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद व्यक्त गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
यसैगरी बैठकले पार्टीको हितविपरित कार्य गर्ने र पार्टी विधान, बिचार बिरुद्ध कार्य गर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।
दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, बैदेशिक रोजगार ठगी, सरकारको मनोमानी कर आतंक लगायतका बिरुद्धमा आन्दोलन गर्दै आएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस