Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारमोबाइल व्यवसायीद्धारा ‘सामसुङ रिटल मीट’ बहिष्कार

    मोबाइल व्यवसायीद्धारा ‘सामसुङ रिटल मीट’ बहिष्कार


    काठमाडौं। सामसुङ मोबाइल कम्पनी सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन् ।
    मोबाइल व्यवसायीहरुले व्यवसायीको समस्या राख्दै गर्दा सामसुङ नेपालका प्रतिनिधिहरुले सुन्न नचाहेपछि मोबाइल व्यवसायीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन् । सो क्रममा व्यवसायी र कम्पनीका प्रतिनिधिहरुबिच भनाभन नै भएको हो ।
    नेपाल मोबाइल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शुरेस सापकोटाले व्यवसायीहरुले कार्यक्रममा कम्पनीसँग सम्वन्धित समस्या राख्दै गर्दा अवरोध गरेपछि कार्यक्रम नै बहिष्कार गरिएको जानकारी दिए।
    ‘हामीले सामसुङ नेपालका प्रतिनिधिसँग व्यवसायीका समस्याकाबारे आफ्ना कुरा राख्दै गर्दा उहाँहरुबाट समस्या सुन्नै नचाहेको प्रतिक्रिया पायौं, त्यसपछि व्यवसायीहरु कार्यक्रममा बस्नुको अर्थ रहेन, हामी बहिष्कार गरेर हिड्यौं,’ नेपाल मोबाइल व्यवसायी महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष सापकोटाले भने ।
    बिहीबारका लागि आयोजना गरिएको कार्यक्रममा सो प्रदेशका नौ जिल्लाका एक सय भन्दा बढी मोबाइल व्यवसायीहरु सहभागी थिए भने कार्यक्रम धनगढी हसनपुरस्थित डिभोटी होटलमा आयोजना गरिएको थियो ।
    पछिल्लो समय मोबाइल व्यवसायीहरुले मोबाइल फोनको कारोबारमा व्यवसायीहरुले प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने माग गर्दै आइरहेका छन् । उनीहरुले अन्य कम्पनीहरुले व्यवसायीलाई दिने मार्जिन बढाउँदा पनि सामसुङले नबढाएको भन्दै असन्तुष्टी जनाउँदै आइरहेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT