Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठखेलकुदटेस्ट क्रिकेटमा वेस्ट इन्डिजको लज्जास्पद किर्तिमान, २७ रनमा अलआउट !

    टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको लज्जास्पद किर्तिमान, २७ रनमा अलआउट !


    काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा पनि जित हासिल गरेको छ ।

    यस खेलमा वेस्ट इन्डिजको दोस्रो इनिङ केवल २७ रनमा सिमित भयो । यो टेस्ट इतिहासको दोस्रो सबैभन्दा कम स्कोर र डे-नाइट टेस्टमा सबैभन्दा कम स्कोर हो । यस टेस्टमा वेस्ट इन्डिजलाई जित्नको लागि २०४ रनको लक्ष्य थियो । तर मिचेल स्टार्कको उत्कृष्ट बलिङका अगाडी वेस्ट इन्डिज १४.३ ओभरमा केवल २७ रन बनाएर अलआउट भयो । यससँगै अस्ट्रेलियाले तीन खेलको सिरिज ३-० ले क्लिन स्वीप गर्यो ।

    आफ्नो १००औं टेस्ट खेलिरहेका मिचेल स्टार्कले आफ्नो करियरको उत्कृष्ट स्पेल बलिङ गरे । उनले ७.३ ओभरमा केवल ९ रन दिएर ६ विकेट लिए । उनले केवल १५ बलमा आफ्नो ५ विकेट पूरा गरेका थिए । यससँगै स्टार्कले टेस्ट क्रिकेटमा ४०० विकेट पनि पूरा गरेका छन् ।

    योसँगै स्टार्क अष्ट्रेलियाका लागि सबैभन्दा धेरै टेस्ट विकेटले चौथो खेलाडी बनेका छन् । उनीभन्दा बढी अस्ट्रेलियाका शेन वार्नले ७०८, ग्लेन म्याकग्राले ५६३, नाथन लियोनले ५६२ विकेट लिएका छन् ।

    टेस्ट इतिहासमा सबैभन्दा कम स्कोरको विश्व रेकर्ड न्युजिल्यान्डको छ। १९५५ मा, अकल्याण्डमा इङ्गल्याण्डविरुद्ध न्युजिल्यान्डको इनिङ केवल २६ रनमा सकिएको थियो । र अब वेस्ट इन्डिज सूचीमा दोस्रो स्थानमा आएको छ । यसअघि, टेस्टमा वेस्ट इन्डिजको सबैभन्दा कम स्कोर ४७ रन थियो । इङ्गल्याण्डले २००४ मा सोही मैदानमा उनीहरूलाई अलआउट गरेको थियो ।

    यस खेलमा अष्ट्रेलियाले पहिलो इनिङमा २२५ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजको इनिङ १४३ रनमा समेटियो। दोस्रो इनिङमा पनि अष्ट्रेलियाको ब्याटिङ असफल भयो । वेस्ट इन्डिजका बलरहरूले उनीहरूलाई १२१ रनमा आउट गरेका थिए । टेस्ट सिरीजमा मिचेल स्टार्कले प्लेयर अफ द म्याचका साथै प्लेयर अफ द सिरिजको अवार्ड पाएका छन् ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT