Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिबाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन कांग्रेस संसदीय दलको माग

    बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन कांग्रेस संसदीय दलको माग


    काठमाडौं, भदौ १५: नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेको छ।
    संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको हो।
    बैठकले बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु, बेपत्ता तथा घाइते हुनुका साथै नदी तटीय क्षेत्रका बस्ती, बजार, राजमार्ग, सडक, पुल, जलविद्युत् आयोजना तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको जनाएको छ। भौगोलिक अवस्था र सञ्चार सम्पर्क विच्छेदका कारण क्षतिको यकिन विवरण अझै प्राप्त हुन नसकेको कांग्रेसले जनाएको छ।
    बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना र पीडितलाई मनोपरामर्शलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ। त्यस्तै, क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्न माग गरिएको छ।
    कांग्रेस संसदीय दलका नेता आङदेम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा तहगत सरकारबीच समन्वयको अभाव तथा उद्धार, राहत र पुनःस्थापना व्यवस्थित नभएको स्थानीयको गुनासो प्राप्त भएको बैठकमा जानकारी गराउनुभएको थियो। बैठकले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
    बाढीपीडितको तत्काल उद्धार तथा राहतका लागि संसदीय दलका नेता आङदेम्बेको एक महिनाको तथा नेपाली कांग्रेसका संघीय सांसदहरूको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ।
    त्यस्तै, प्रभावित जिल्लाका समस्या तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा सदनमा गहन छलफल आवश्यक रहेको भन्दै सदन सुचारु गर्न बैठकले आग्रह गरेको छ। बैठकले प्रभावित क्षेत्रमा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, संघ–संस्था, सञ्चारमाध्यम तथा स्वयंसेवक र राहत तथा उद्धारमा सहयोग गर्ने मित्रराष्ट्र तथा सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
    बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भई यातायात तथा आपूर्ति व्यवस्था प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै सुरक्षित वैकल्पिक सडकको व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ। दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुनसक्ने भन्दै नियमित आपूर्ति सुनिश्चित गर्न, बजार अनुगमनलाई कडाइ गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
    बैठकपछि प्रमुख सचेतक बासना थापाद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT