Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा आजपाले उम्मेदवार टुंगो लगायो

    काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा आजपाले उम्मेदवार टुंगो लगायो


    काठमाडौं, ४ माघ । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरी १५ वटै निर्वाचन क्षेत्रमा आजपाले उम्मेदवार टुंगो लगाएको हो ।

    काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउदै उम्मेदवारी दर्ताका लागि पार्टीबाट आधिकारिक पत्र समेत दिएको छ ।

    काठमाडौं क्षेत्र नं. १ मा कमल सुवेदी, २ मा तिलक थापामगर, ३ मा रुपसागर उपाध्याय, ४ मा कमेश सिंह, ५ मा देव थापा, ६ मा सफलता बोगटी, ७ मा प्रदिप भट्टराई, ८ मा खगेस रंजित, ९ मा इरज श्रेष्ठ र १० मा मिन बुढाथोकीलाई आजपाले उम्मेदवार बनाएको संगठन विभाग प्रमुख त्रिभुवन साहले जनाएका छन् ।

    आजपाले चुनावी गठबन्धन गरेको जनादेश पार्टीबाट काठमाडौं ४ मा सिंह र काठमाडौं ७ मा भट्टराई उम्मेदवार हुन ।

    ललितपुरको क्षेत्र नंं. १ मा अरुण संजु, २ मा लखिन्द्र साह र ३ मा रामप्रसाद भट्टलाई आजपाले उम्मेदवार बनाएको छ । यसैगरी भक्तपुर क्षेत्र नं. २ मा देवकुमारी साह र भक्तपुर क्षेत्र नं. १ मा आजपा अध्यक्ष प्रभु साहले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पाएका छन ।

    आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार पार्टीले सातै प्रदेशको १६५ वटै क्षेत्रमा उम्मेदवारलाई प्रतिस्पर्धामा उतार्दैछ । काठमाडौं उपत्यकाको १५ सहित कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश सहित सातै वटै प्रदेशका सबै क्षेत्रमा आजपाका उम्मेदवार माघ ६ गते उम्मेदवारी दर्ता गर्ने अन्तिम तयारीमा जुटेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    Techie IT