Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २० बुधबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्से निरन्तर ओरोलो यात्रामा

    नेप्से निरन्तर ओरोलो यात्रामा


    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो । यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखीएको छ ।

    परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

    आज ३२४ कम्पनिका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज कालिका दर्शनको शेयर सबैभन्दा बढी ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोको ५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ ।

    १३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्से २६.७२ अंकले घट्यो, ५ अर्ब ६१ करोडको कारोबार

    काठमाडौँ । बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा बन्द

    राज्यको क्षमता अनुसार सन्तुलित बजेट ल्याएका छौं : अर्थमन्त्री स्वर्णिम…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमता र स्रोत व्यवस्थापनलाई ध्यानमा राखेर सन्तुलित रूपमा ल्याइएको

    सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको ३ लाख ११ हजार…

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०

    बजेटबारे अर्थमन्त्री वाग्ले आज पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्ने भएका छन्। अर्थ

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    वीरगञ्ज नाकाबाट १० महिनामा रु १ खर्ब ८१ अर्बको पेट्रोलियम…

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका

    Techie IT