मुम्बई| मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।बुधबार भएको खेलमा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो ।यस अघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन् । मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ ।दिल्लीका समीर रिझवीले सर्वाधिक ३९ रन बनाए । मुम्बईका मिचेल स्यान्टनर र जसप्रति बुमराहले समान ३ विकेट लिए ।
त्यसअघि टस हारेको मुम्बईले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । उसका सूर्यकुमार यादवले सर्वाधिक ७३ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए । यो जीतसँगै मुम्बईले १३ खेलबाट १६ अङ्क बनाएको छ । दिल्लीको १३ अङ्क मात्र छ । दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स लिग चरणबाट बाहिरिएका छन् ।जबाफमा आएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो । मिचेल सान्टनर र जस्प्रित बुमराहले ३–३ विकेट लिए । दिल्लीबाट समीर रिज्भीले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ तथा विपराज निगमले २० रन बनाए ।
पाँच पटकको च्याम्पियन मुम्बई भने प्लेअफ पुग्ने चौथो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स प्लेअफमा पुगिसकेका छन् । आज (बिहीबार) गुजरात र लखनउ खेल्ने तालिका छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस