Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिविपक्षीको विरोधबीच प्रतिनिधिसभा नियमावली पारित, सभामुखलाई व्याख्याको अन्तिम अधिकार

    विपक्षीको विरोधबीच प्रतिनिधिसभा नियमावली पारित, सभामुखलाई व्याख्याको अन्तिम अधिकार


    काठमाडौं । विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभाले नयाँ प्रतिनिधिसभा नियमावली पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको नियमावलीमा संसद् र सांसदहरूको कार्यसम्पादनसम्बन्धी केही विशेष व्यवस्था समावेश गरिएको छ।

    नियमावलीको नियम २५९ मा सभा, समिति तथा सांसदका हकमा नियमावलीलाई विशेष कानुनसरह लागू हुने व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार प्रचलित कानुनमा जे उल्लेख भए पनि सभा, समिति र सदस्यका विषयमा यो नियमावली संघीय कानुनको रूपमा प्रभावकारी रहनेछ।

    त्यस्तै, नियम २६० ले नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई प्रदान गरेको छ। सो प्रावधानअनुसार नियमावलीको व्याख्यासम्बन्धी सभामुखको निर्णय अन्तिम हुने र त्यसबारे संसद् बैठकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

    नियम २६१ मा संसद् र समितिबाट सम्पादन हुने कार्यलाई आन्तरिक कामकारबाहीका रूपमा परिभाषित गरिएको छ। साथै, यस्ता कार्यसम्पादनसँग सम्बन्धित विषयमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था गरिएको छ।

    नयाँ नियमावलीका यी प्रावधानहरूलाई लिएर संसद्भित्र र बाहिर बहस सुरु भएको छ भने विपक्षी दलहरूले यसप्रति असन्तुष्टि जनाएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT