Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

    ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी


    ललितपुर, ३ भदौ: ललितपुर उद्योग वाणिज्य संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संघका वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    पाटन सौगल स्थित बि. जि. ट्रेडिङ सेन्टरका सञ्चालक कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन् । उनले ३ पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक, कोषाध्यक्ष हुँदै हाल महासचिवको पदीय दायित्व निर्वाह गर्दै हालसम्म ५ कार्यकाल संघमा जिम्मेवारी सम्हाली सकेका छन् । संघको रजत जयन्तीका अवसरमा संघको इतिहास मै पहिलो पटक संघको रजतजयन्ती लोगो अंकित सिक्का निष्कासन, जावलाखेलमा संघको लोगो अंकित रजतजयन्ती स्तम्भ स्थापना तथा छात्रवृत्ति कोषलाई करिब रु. ३ लाख ५० हजारबाट बढाएर करिब रु. २७ लाख पुर्‍याउने एवं वस्तुगत संघको संस्थागत विकासका लागि संघबाट सहयोग बजेट बृधिमा समेट व्यवस्था गरिदै गए सो कार्यमा आफ्नो भूमिका रहेको उनले बताए। बिनाशकारी भुकम्प लगायत कोभिडको समयमा पनि संघका सदस्यहरू लगायत अन्य पीडितहरुलाई आफै प्रत्यक्ष रूपमा संलग्न भै राहत एवं पुनर्स्थापनाका कार्यहरूमा सक्रिय भूमिका निर्बाह  गर्नु का साथै संघका जेष्ठ सदस्यहरुलाई सम्मान गर्न बिभिन्न कार्यक्रमहरू अघि बढाएको जानकारी गराए ।

     

    २०७७ देखि २०८० सम्म कोषाध्यक्षका रूपमा संघको आर्थिक अवस्था सुदृढीकरणमा काम गरेका कर्माचार्य २०८० सालदेखि महासचिवको जिम्मेवारीमा छन्। महासचिवका रूपमा सचिवालय सुदृढीकरण, तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम विस्तार, बागमती प्रदेश सरकारको सहयोगमा ललितपुर बिजनेस इन्क्युबेशन सेन्टर स्थापना तथा डिजिटल प्रणाली विकासमा काम गरिएको उनले जानकारी दिए। फुटपाथ व्यापार, पार्किङ, कर तथा राजस्वका समस्या समाधानका लागि स्थानीय सरकारसँग निरन्तर पहल गरिएको उनको भनाइ छ।

     

    कर्माचार्य खाद्य व्यापार संघ ललितपुरका उपाध्यक्ष, नेपाल मुद्रा संकलक संघका उपाध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्वसचिव तथा अनवरत रक्तदान नेपालका संस्थापक कोषाध्यक्षसमेत हुन्।

    निजी क्षेत्रको आवाजलाई संघ, प्रदेश र स्थानीय सरकारसम्म सशक्त रूपमा पुर्‍याउने, उद्योगी–व्यवसायीको हकहित तथा व्यवसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिका थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा संघको नेतृत्वदायी भूमिकाबाट संघमा अझ शसक्त रुपमा क्रियाशील हुने अवसर प्राप्त हुने अपेक्षा गरेका छन् ।

    “महासचिवको पदिय दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने बुझ्ने मौका पाएको छु, सदस्यको समस्या बुझेको छु। अब अध्यक्षको कुर्सीबाट त्यो समस्या निराकरण गर्ने जिम्मेवारी लिन चाहन्छु” कर्माचार्यले भने।

    आफ्नो विगतको कामको मूल्यांकन गर्दै संघमा आबद्ध  उद्योगी–व्यवसायी सदस्यहरु बाट विश्वास र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गर्दै उनले आगामी निर्वाचनमा आदरणीय उद्योगी–व्यवसायी सदस्यज्यूहरुमा आफूलाई मत दिएर सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT