नेप्सेमा लगातार दोस्रो दिन गिरावट, २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। आज नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर बन्द भएको हो।
आज ३४३ वटा कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा सहभागी सबै उपसमूहका सूचकहरू घटेका छन्, जसले बजारमा समग्र दबाब रहेको संकेत गरेको छ।
व्यक्तिगत कम्पनीतर्फ, एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य १०.०७ प्रतिशतले वृद्धि भएको छ। विपरीत, सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै १३.४३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा खानी खोला हाइड्रोपावर अग्रस्थानमा रहँदै ४० करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
- २ आज फूलपाती पर्व: घरघरमा नवपत्रिका भित्र्याइँदै
- ३ हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
- ४ दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
- ५ दशैमा सुनसान रहेको काठमाण्डौ चहलपहल बढ्न थाल्यो
- ६ मौसम अपडेट: पश्चिमी र मनसुनी वायुको प्रभाव, बागमती र गण्डकीको पहाडी भेगमा वर्षा र हिमालमा हिमपातको सम्भावना
- ७ कांग्रेस मतगणना अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय शिवाकोटीको जित सुनिश्चित जस्तै, ४९८९ मत गणना

तपाईको प्रतिक्रिया दिनुहोस