Techie IT
  • The Film Nepal
  • २०८३ कार्तिक ४ मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द


    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो।

    कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार गगने खोलामा निरन्तर पहिरो झरिरहेकाले तत्कालै सडक खुलाउन सक्ने अवस्था छैन। “पहिरोका कारण बुधबार बिहानैदेखि सडक अवरुद्ध छ,” डीएसपी खत्रीले भने, “सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेका सवारीसाधनहरू खिड्की ज्युला र दैखोलामा रोकिएका छन् भने माथिबाट सुर्खेतका लागि हिँडेका गाडीहरू कालीकोटको मान्म, हुल्म र खुलालु बजारमा अलपत्र परेका छन्।”

    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरो पन्छाउनका लागि जेसिबी (JCB) मेसिन घटनास्थलमै तयारी अवस्थामा राखिएको भए पनि माथिबाट निरन्तर ढुङ्गा र लेदो खसिरहेकाले काम सुरु गर्न सकिएको छैन। पहिरो रोकिने बित्तिकै पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। राजमार्ग बन्द हुँदा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज बडादसैँको महानवमी: सिद्धिदात्री देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको भीड

    काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आश्विन

    यस वर्ष दुई दिन महाअष्टमी मनाइने: कात्तिक १ र २…

    काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भएकाले कात्तिक १ र २ गते दुवै दिन

    लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ

    काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ

    सिन्धुलीमा टाटासुमो मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो; तीन महिलाको मृत्यु, तीन…

    सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब २:३०

    आज बडादसैँको महाअष्टमी: देशभर शक्तिस्वरूपा महागौरी देवीको पूजा आराधना गरिँदै

    काठमाडौँ — नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल

    आज फूलपाती पर्व: घरघरमा नवपत्रिका भित्र्याइँदै

    काठमाडौँ — प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक

    Techie IT