Techie IT
  • The Film Nepal
  • २०८३ कार्तिक ५ बुधबार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड

    अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड


    अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

    डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो ।  डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ ।
    जसले गर्दा नेपालमा रेमिट्यान्सले धेरै भाउ पाउँछ । आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।

    अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ भने स्वदेशमा ती वस्तुको मूल्य समेत बढ्न जान्छ ।

    सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ ।

    डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ । त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ । समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ…

    काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज

    उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन…

    खाँदबारी — नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको दुर्गम उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु

    सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने

    काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल

    विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको…

    काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको

    नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने…

    काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४

    कीर्तिपुर, पुल्चोक र एकान्तकुना क्षेत्रको भोल्टेज सुध्रिँदै, चोभार सबस्टेसनबाट शुक्रबारदेखि…

    काठमाडौँ — काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन सञ्चालनमा

    Techie IT