अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड
अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ भने स्वदेशमा ती वस्तुको मूल्य समेत बढ्न जान्छ ।
सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ ।
डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ । त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ । समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा
- ५ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ६ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक
- ७ भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस