आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै
काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
संविधान दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित नेपाली कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन्।
तत्कालीन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। संविधान जारी भई कार्यान्वयनमा आएको आज ११ वर्ष पूरा भएको छ।
नयाँ संविधान लागू भएसँगै नेपालको अन्तरिम संविधान, २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए।
संविधानले सङ्घीयता, धर्मनिरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका व्यवस्था संस्थागत गरेको छ। संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५३७ जना सभासद्ले संविधानमा हस्ताक्षर गरेका थिए।
‘नेपालको संविधान, २०७२’ मा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
- २ आज फूलपाती पर्व: घरघरमा नवपत्रिका भित्र्याइँदै
- ३ हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
- ४ दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
- ५ दशैमा सुनसान रहेको काठमाण्डौ चहलपहल बढ्न थाल्यो
- ६ मौसम अपडेट: पश्चिमी र मनसुनी वायुको प्रभाव, बागमती र गण्डकीको पहाडी भेगमा वर्षा र हिमालमा हिमपातको सम्भावना
- ७ कांग्रेस मतगणना अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय शिवाकोटीको जित सुनिश्चित जस्तै, ४९८९ मत गणना

तपाईको प्रतिक्रिया दिनुहोस