काठमाडौँ। मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ ।समूह ‘सी’को दोस्रो चरणमा आज विहान भएको खेलमा स्कटल्याण्डलाई उसले १-० गोलले हराएको हो ।
खेलमा मोरक्कोका इसामेल सैबरीले गोल गरे ।उनले विश्वकपको यस संस्करणमा हालसम्म भएका खेलमा सबैभन्दा छिटो गोल गरेका हुन् । उनले खेलको ७० सकेन्डमा गोल गरेका हुन् ।इसामेलले यसअघि ब्राजिलसँग भएको खेलमा पनि गोल गरेका थिए । उक्त खेल बराबरीमा रोकिँदा मोरक्कोले एक अंक जोडेको थियो । स्कटल्याण्डसँगको जितसँगै तीन अंक पाउँदा मोरक्कोले तालिकामा चार अंक जोडेको छ ।
मोरक्कोले स्कटल्याण्डको नकआउट चरण प्रवेशलाई धकेलिदिएको छ । उक्त समूहबाट पहिलो खेल स्कटल्याण्डले मात्रै जितेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन
- ३ ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
- ४ आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
- ५ घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि, काठमाडौंमा कारोबार १५५ प्रतिशतले बढ्यो
- ६ कृष्णभीर सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन
- ७ भोटेकोशी बाढीबारे विज्ञ अध्ययनपछि सरकारले चाँडै स्पष्ट पार्नुपर्छ : रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस