Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन ६ मंगलवार

    अपडेट
    गृहपृष्ठमनोरञ्जन‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदै, स्वस्तिमाको ‘टर्निङ प्वाइन्ट’ फिल्म

    ‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदै, स्वस्तिमाको ‘टर्निङ प्वाइन्ट’ फिल्म


    काठमाडौं ।टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ।

    अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको यस फिल्मले सार्वजनिक पोस्टर, ट्रेलर र गीतसंगीतमार्फत दर्शकको ध्यान आकर्षित गरिसकेको छ। विशेषगरी गर्भवती महिलाको भावनात्मक चित्रण गरिएको पोस्टरले फिल्मप्रति जिज्ञासा बढाएको छ।

    फिल्ममा स्वस्तिमाले बादी समुदायकी ‘मधुवाला’ नामकी महिलाको भूमिका निर्वाह गरेकी छिन्। ‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि यो फिल्मलाई उनले आफ्नो अभिनय यात्राको महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ का रूपमा लिएकी छन्। उनले यस फिल्मका लागि पहिलो पटक अडिसन दिएकी थिइन् र पात्रलाई न्याय गर्न बर्दिया पुगेर अनुसन्धानसमेत गरेकी थिइन्।

    फिल्मको ‘मायालाई के दिउँ म बैना’ गीत अहिले युट्युब, टिकटक र रील्समा निकै लोकप्रिय बनेको छ। साथै ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ गीत पनि दर्शकले मन पराएका छन्।

    यसपटक षट्कोण आर्ट्सले निर्देशनको जिम्मा निर्देशक यम थापालाई दिएको छ। कथा पनि थापाकै हो भने पटकथा प्रदीप भट्टराई र यम थापाले संयुक्त रूपमा तयार गरेका हुन्।

    फिल्म बादी समुदायको पृष्ठभूमिमा आधारित आमा–छोरीको भावनात्मक कथामा केन्द्रित छ। निर्माण टिमले बर्दियामा पुगेर अनुसन्धान गर्दै कथा विकास गरेको जनाएको छ। फिल्मले समुदायको यथार्थ चित्रण गर्दै उनीहरूको सम्मान कायम गर्ने प्रयास गरेको निर्माण पक्षको दाबी छ।

    निर्माता म्याक्स दीपेश खत्रीका अनुसार षट्कोण आर्ट्सले ‘लालीबजार’मार्फत विषयवस्तु चयनमा अझ परिपक्वता देखाएको छ। यस्तै, कलाकार रवीन्द्रसिंह बानियाँले फिल्मले सामाजिक यथार्थ र शोषणको कथालाई गम्भीर रूपमा उठाएको बताए।

    फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापा लगायतका कलाकारको अभिनय रहेको छ। साथै विशाल देवकोटा र प्रशंसा सुवेदीले यसै फिल्ममार्फत डेब्यु गरेका छन्।

    निर्माण टिमका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जन मात्र नभई समाजमा बहस सिर्जना गर्ने फिल्म हुनेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै

    ‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा

    काठमाडौं । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ। निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल

    ‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि…

    काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    Techie IT