धनगढीमा महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेन-जीमाथि युवा संघको आक्रमण
काठमाडौँ धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि आक्रमण भएको छ । बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए ।
नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् । जेन–जीहरूले धनगढीमा आज बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । उनीहरूले ‘किलरहरू नट अलाउड’लगायतका नाराबाजी गरिरहेका थिए ।
यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरुले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।
प्रदर्शनस्थलमा जेन–जी प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बढी थियो । तर, प्रहरीको सुरक्षा घेरा तोड्दै जेन–जीमाथि आक्रमण भएको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ४ गरिमा चौधरी हत्या प्रकरण : पाँचबुँदे सहमतिपछि आन्दोलन स्थगित
- ५ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस