Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ९ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारगुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा दिब्य बनभाेज तथा पदयात्रा सम्पन्न

    गुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा दिब्य बनभाेज तथा पदयात्रा सम्पन्न


    चितवन/ ९ भदौ: भरतपुर-१८, गुञ्जनगर, चितवन स्थित गुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा भरतपुर-१८, चितवनकै पर्यटकीय पार्क गुञ्जनगर ग्रिनपार्क परिसरमा ब्यायाम, प्रणायम र ध्यान मार्फत समुदायमा शारीरिक मानसिक रूपमा स्वस्थता सिकाउदै आएकाे छ । बाटाे, घाटाे मात्रकाे बिकासले मात्र बिकास पुग्दैन यदि मानिस आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा पनि स्वस्थ्य हुन अति नै आवस्यक छ भन्ने साेचवाट यश संस्थालाई स्थापना गर्ने यसै संस्थाका संरक्षक यसै वडाका वडा अध्यक्ष बिकास प्रेमी, समाजसेवी आदरणीय बाबुराम राना मगरकाे संयाेजनमा पतञ्जली परिवारका केन्द्र देखि महानगरपालिकामा बिभिन्न भुमिकामा रहनु भएका याेग तथा आयुर्वेद गुरु एवम् साधक साधिकाहरूकाे उपस्थितिमा भरतपुरकै पर्यटकीय मानिने ज्ञानेश्वर सामुदायिक बन सानाे गडी परिसरमा दिब्य बनभाेज तथा पदयात्रा कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरिएको छ।

    यस विशेष अवसरमा भरतपुरकै पर्यटकीय मानिने ज्ञानेश्वर सामुदायिक बन सानाे गडी प्राङ्गणमा वैदिक मन्त्रोच्चारणका साथ सञ्चालन गरिएको कार्यक्रमले वातावरण शुद्धीकरणका साथै आध्यात्मिक सकारात्मक ऊर्जा प्रवाह गरेको सहभागीहरूले बताए।

    कार्यक्रमकाे अध्यक्षता गुञ्जनगर पतञ्जली साधना केन्द्रका संरक्षक एवम् वडा अध्यक्ष समाजसेवी बाबुराम राना मगरले गर्नुभएकाे थियाे, भने प्रमुख अतिथि पतञ्जलि याेग समिति नेपालका पूर्व युवा संयाेजक एवम् केन्द्रीय सदस्य श्री लाेकनाथ खनाल, बिशिस्ट अथिति विभिन्न तह र तप्कामा रहनुभएका गुरूहरू र अतिथि विभिन्न वडाका जन प्रतिनिधिहरू समाजका याेग प्रेमी माहानुभावहरू, बुद्धिजीवी, जेष्ठ नागरिक एवम् पत्रकारहरू, साधना केन्द्रका पदाधिकारीहरू, स्थानीय समाजसेवी, योग साधक साधिका तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम संचालन वडा सदस्य एवम् समाजसेवी गुञ्जनगर पतञ्जली साधना केन्द्रका सहसंरक्षक दिलकुमारी बिश्वकर्माले कुशलता पुर्वक संचालन गर्नुभएकाे थियाे ।

    कार्यक्रममा स्वागत मन्तब्य यसै साधना केन्द्रका संयाेजक बाताबरण एवम् पर्यावरणका अभियन्ता दयानिधि अर्यालले गर्नुभएकाे थियाे साथै हाल उपचारका क्रममा रहनुभएका द्वय दिपक भट्टराई ज्यू र डण्डापाणी काफ्ले ज्यूको शिघ्र स्वास्थ्य लाभकाे कामना एवम् दीर्घायुको कामना गर्नुभएकाे थियाे।

    यसैगरी, विभिन्न बक्ताहरूले आफ्ना आफ्ना शैलीमा याेगकाे महत्ववारे प्रकाश पर्दै प्रमुख अथितिले याेग, ध्यानले तन मन मात्र नभै पुरै वातावरण संरक्षण र आयुर्वेद एवम् जडीबुटीको महत्त्व वारे प्रकाश पार्नु भयाे यसै क्षेत्रमा आफ्नाे अमुल्य जिवन याेगदान गर्नुहुने बिशिस्ट गुरूहरूकाे गुरूबाणीले आनन्द साथै अद्भुत उर्जा प्राप्त गरेकाे सहभागी हरूले बताउनुभएगकाे थियाे । आगामी दिनहरूमा यस्ताे कार्यक्रम लाई आफ्नाे प्रथमिकतामा राखिने आययाेजक टिमले जनाएकाे छ । कार्यक्रम समापनमा आफ्नाे अमुल्य समयलाई ब्यवस्थापन गरि हाम्राे निमन्त्रणालाई स्विकारगरि उपस्थिति भई कार्यक्रमकाे गरिमा बढाईदिनु भएका प्रमुख अतिथि ज्यू, बिशिस्ट अतिथिज्यू, अथिति ज्यूहरू एवम् सम्पूर्ण साधक साधिका प्रति धन्यवाद ब्यक्त गर्दै कार्यक्रममा बस सुविधा सहयाेग गर्नुहुने जनप्रिय पब्लिक स्कुलका प्रचार्य भानुभक्त अर्यालज्यू, न्यू भिजन एकेडेमी सञ्चालक बेदनिधि अर्याल ज्यू र न्यू चित्रवनका प्राचार्य तुलसीराम पाण्डेज्यू, गुञ्जनगर रेडक्रश उपशाखाका अध्यक्ष एवम् यसै साधना केन्द्रका सचिव समाजसेवी आदरणीय हरिराज अर्याल र विश्व हिन्दू परिषद् नेपालका बागमती प्रदेश सचिव एवम् आई.टी. बिज्ञ उपेन्द्र अर्याललाई सहृदय धन्यवाद गर्दै नाचगान रमाईलाे गर्दै कार्यक्रम समापन भएकाे थियोे ।

    गुञ्जनगर पतञ्जली साधना केन्द्रले यस्ता कार्यक्रमले समाजमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै प्रकृति प्रेम, संरक्षण र पर्यावरणमा ठूलो सुधार पुर्‍याउने विश्वास व्यक्त गरेको छ साथै आयुर्वेद र योगको सन्देशलाई जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकाे छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अन्तर्राष्ट्रिय वीलभयूद्वारा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

    काठमाडौं, ९ भदौ: बागमती प्रदेशको काठमाडौमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरियो । अगस्ट २३ तारिखमा, अध्यक्ष जाङ गिल जा

    हर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    Techie IT