Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ९ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचाररातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

    रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा


    ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते शुरु हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।

    पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए ।

    साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उनले भने, “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्‍याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । ”

    ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुंग्याइन्छ । जावालाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

    यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताए । उनले भने, “यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहनुभएको छ ।”

    यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहेका छन् भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहेका छन् । शुभसाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरू छन् भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    Techie IT