देशका केही स्थानमा भारी वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। देशका केही स्थानमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा नवलपरासीको दुम्कौली परासी वर्षामापन केन्द्र र आसपास भारी वर्षामापन भएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देख धेरै भारी वर्षाको पनि सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ४ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ५ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

तपाईको प्रतिक्रिया दिनुहोस