Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ९ मंगलवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रग्राण्ड सेन्ट्रल होटलले पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

    ग्राण्ड सेन्ट्रल होटलले पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ


    काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत ९अजित०को एकल लगानीमा संचालनमा आउन लागेको उक्त होटलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालिनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ ।

    विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यताप्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिईएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । यस्तै कम्पनीलाई दिईएको उक्त रेटिङ कम्पनीका लगानीकर्ताहरुको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिईएको प्राथमिकतालगायतलाई पनि आधारमा लिएर दिईएको बताईएको छ ।

    उक्त होटललाई एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले एकल लगानीमा निर्माण गर्दै आएका छन् । उनको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आईरहेको छ । उक्त होटलले प्रतिष्ठित विदेशी चेन होटल विंडहामसँगको सहकार्यमा रमाडा ब्राण्डलाई भित्र्याएको छ । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु संचालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले उक्त रेटिङ पाएको बताईएको छ ।

    इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटलले यसअघि नै विन्डहाम होटल्स एण्ड रिसोर्टसँग इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ सञ्चालनका लागि फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । उक्त सम्झौतापत्रमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष वस्नेत र युरेसियाका मार्केटिङ प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका हुन् ।

    यस्तै होटलको कुल लगानी १ अर्ब ७ करोडमा निर्माण भइरहेको सो होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६ को सुरुवातमै पूर्ण संचालनमा आईसक्ने बताईएको छ । अर्थात होटलको वित्तीय र भौतिक प्रगतिसँगै आगामी योजना हेरेरै इन्फोमेरिक्सले होटललाई उक्त रेटिङ दिएको बताईएको छ ।

    यस्तै होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकहरुलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भईरहेकाले पनि होटललाई उक्त रेटिङ दिईएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग

    पूर्वाधारमा निजी लगानी बढाउन कानुनी, नीतिगत र वित्तीय सुधार आवश्यक…

    काठमाडौं । पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरण सुधार गर्नुपर्ने संघीय संसद्को पूर्वाधार विकास समितिको

    सुनको मूल्य ३२ सयले बढ्यो, चाँदी १० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    Techie IT