उपत्यकामा २४ घण्टामा ७२१ चालक ट्राफिक कारबाहीमा, तीव्रगतिमा सवारी चलाउने सबैभन्दा बढी
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७२१ जना सवारी चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरेर सवारी चलाउने २१ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने २६ जना तथा रातोबत्तीको उल्लङ्घन गर्ने ४१ जना चालक कारबाहीमा परेका हुन्।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १३४ जना, फुटपाथमा सवारी चलाउने २५ जना, अनावश्यक रूपमा हर्न बजाउने २१ जना र प्राविधिक अवस्था ठीक नभएका सवारी सञ्चालन गर्ने ९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका घटनामा थप ३९३ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सुरक्षित र व्यवस्थित सवारी सञ्चालन सुनिश्चित गर्न नियमित रूपमा ट्राफिक निगरानी र कारबाही अभियान सञ्चालन भइरहेको जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ४ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ५ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

तपाईको प्रतिक्रिया दिनुहोस