काठमाडौं ।देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंसहित केही भूभागमा वर्षाको सम्भावना रहेको हो ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौंमा पनि वर्षाको सम्भावना छ । काठमाडौंमा बिहान नै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ ।दिउँसो काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।काठमाडौंका आज बिहान ५.४५ को न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् दाहालले जानकारी दिए ।
विभागका अनुसार राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम सम्भावना छ ।
विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ४ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ५ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

तपाईको प्रतिक्रिया दिनुहोस