रास्वपाका सांसदको अभिव्यक्तिबारे पार्टीभित्र समीक्षा, विवादलाई सम्हालेर अघि बढ्ने रविको भनाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हाल्दै पार्टी अघि बढ्ने बताएका छन् ।
रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बुधबार भएको छलफललाई संसदीय दलको औपचारिक बैठक नभई संसदमा पार्टीको प्रस्तुति र समसामयिक विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।
उनले ठूलो राजनीतिक दलमा धेरै सांसद भएकाले कहिलेकाहीँ कुनै सांसदको अभिव्यक्ति विवादमा पर्न सक्ने भन्दै त्यसलाई पार्टीले सम्हालेर अघि बढ्ने बताए ।
‘राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ,’ उनले भने ।
लामिछानेका अनुसार संसदमा रास्वपाका सांसदहरूको प्रस्तुति कस्तो भइरहेको छ भन्ने विषयमा पार्टीभित्र समीक्षा गरिएको थियो । संसदमा उठाइने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले आन्तरिक समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।
यस्तै, सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि छलफल गरिएको उनले बताए ।
‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । संसदमा मर्यादित ढंगले प्रस्तुत हुने र उठ्ने विषयवस्तु आम नागरिकको जीवनसँग जोडिएका हुनेलगायत सबै विषयमा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौँ,’ लामिछानेले भने ।
यसैबीच, लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा पत्रकारले प्रश्न गरेपछि लामिछानेले त्यसलाई प्रधानमन्त्रीको ‘कवि भावना’का रूपमा टिप्पणी गरे ।
‘दुई जनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला,’ उनले भने ।
प्रधानमन्त्री शाह कवि र कलाकारसमेत भएकाले उनका हरेक शब्दको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको लामिछानेले बताए । ‘यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस