निर्वाचन आउन ८ दिन बाँकी- प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ।आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ ।
निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ६ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’
- ७ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार

तपाईको प्रतिक्रिया दिनुहोस