विश्वकप डिभिजन लिग-२ : आज स्कटल्याण्ड र अमेरिका भिड्दै
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान मा बिहान ९ः३० बजे सुरु हुनेछ ।
जारी सिरिजको आफ्नो पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । अमेरिका भने यस सिरिजमा पहिलो खेल खेल्न लागेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिका र स्कटल्याण्ड हालसम्म ८ पटक आमनेसामने भएका छन् । तीमध्ये स्कटल्याण्डले ५ खेल जितेको छ भने अमेरिकाले ३ खेल आफ्नो पक्षमा पारेको छ । दुवै टोलीबीच पछिल्लोपटक २०२४ अक्टोबरमा भएको भेटमा स्कटल्याण्ड ७१ रनले विजयी भएको थियो ।
हाल जारी विश्वकप डिभिजन लिग–२ अंकतालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड पनि २९ खेलबाट समान ३६ अंक जोड्दै रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
यस सिरिजअन्तर्गत मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका भिड्ने तालिका रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ४ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ५ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न

तपाईको प्रतिक्रिया दिनुहोस