मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान करिब ७ः३० बजे सोही स्थानमा पहिलोपटक पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। करिब पाँच घण्टाको प्रयासपछि सडक सञ्चालनमा ल्याइएको भए पनि डेढ घण्टा नबित्दै पुनः पहिरो खसेपछि सडक बन्द भएको थियो।
दोस्रोपटक खसेको पहिरो हटाएर करिब एक घण्टापछि यातायात सञ्चालनमा ल्याइएको थियो। तर साँझ करिब ६ बजे पुनः सुख्खा पहिरो खसेपछि सडक फेरि अवरुद्ध बनेको हो।
हाल सडक डिभिजन कार्यालयले इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलमा खटाएको छ। पहिरो हटाएर सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको र सडक खुल्न करिब एकदेखि दुई घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।
सडक डिभिजनले उक्त क्षेत्रमा अझै पनि पहिरोको जोखिम उच्च रहेको जनाउँदै अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नुपर्ने अवस्था आएमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ६ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ७ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी

तपाईको प्रतिक्रिया दिनुहोस