गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । उनी आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।
गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी विवादबारे चौतर्फी प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि मन्त्री रहँदा तथा पदत्यागपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन र छानबिन गर्न सरकारले समिति गठन गरेको थियो ।
उक्त समितिले गुरुङलाई दोषी नदेखाएको निष्कर्ष दिएपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किन लागेका हुन् । गुरुङको पुनरागमनसँगै सरकारको निर्णय र छानबिन प्रतिवेदनबारे राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी

तपाईको प्रतिक्रिया दिनुहोस