कम्युनिस्टहरू एक हुनुको विकल्प छैन : गुरुङ
काठमाडौं। नेपालमा कम्यूनिष्टहरु एक भएर जानुको विकल्प नभएको नेपाली कम्यूनिष्ट पार्टीका नेता देव गुरुङले बताएका छन् ।शनिबार भक्तपूरको सल्लाघारीमा नेकपा एमालेको ११ औं महाधिवेशनको शुभकामना मन्तव्यको क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त हुन्छन्। ’ गुरुङले भने, ‘कम्युनिस्टहरूमात्रै राष्ट्रभक्त हुन्छन् । मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो ।’
तर विगतदेखि नै विभिन्न ढंगबाट एकता विघटन हुँदै आएको उनले बताए। ‘विगत ७ वर्ष पूर्वदेखि तत्कालीन नेकपा निर्माण गर्ने प्रक्रियाको यात्रा सुरू भएको थियो। निरन्तरता कायम राख्न सकेनौं। अहिले त्यही बेलाको विचार धारासहित एकता अभियान सुरू गरेका छौं,’ उनले भने।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी

तपाईको प्रतिक्रिया दिनुहोस