Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १४ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारआज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन

    आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन


    काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी विश्वास, सहकार्य र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउने गरेका छन्।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा जुलाई ३० लाई अन्तर्राष्ट्रिय मित्रता दिवस (International Day of Friendship) का रूपमा आधिकारिक मान्यता दिएको हो। यस दिवसले व्यक्ति, समुदाय र राष्ट्रबीच मित्रता तथा पारस्परिक समझदारीलाई सुदृढ बनाउन प्रेरित गर्ने विश्वास गरिएको छ।

    मित्रता दिवस मनाउने अवधारणाको सुरुआत भने अमेरिकी व्यवसायी तथा हलमार्क कार्ड्सका संस्थापक जोयस हलले गरेका थिए। उनले सन् १९३० मा अगस्ट २ मा मित्रता दिवस मनाउने प्रस्ताव अघि सारेका थिए। यद्यपि, उक्त अवधारणालाई ग्रीटिङ कार्डको व्यापार प्रवर्द्धनका लागि ल्याइएको भन्दै त्यसबेला आलोचनासमेत भएको थियो।

    यसैबीच, सन् १९५८ को जुलाई ३० मा उरुग्वेमा पहिलोपटक औपचारिक रूपमा मित्रता दिवस मनाइएको थियो। वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले यही मितिलाई मित्रता दिवसका रूपमा मनाउन प्रस्ताव गरेपछि यसले अन्तर्राष्ट्रिय मान्यता पाउने आधार तयार भएको मानिन्छ।

    हाल विश्वभर यो दिवसले मित्रता, सहिष्णुता, शान्ति र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने अवसरका रूपमा विशेष महत्व पाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज

    नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ

    काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

    नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित

    काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    Techie IT