Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १४ बिहीबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार

    नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार


    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै नेपालले सिरिजका चारै खेल गुमाउँदै निराशाजनक प्रदर्शन गरेको छ।

    अन्तिम खेलमा नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो। २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमै १६८ रनमा अलआउट भयो।

    यस सिरिजभर नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रह्यो। नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट, तेस्रो खेलमा नामिबियासँग ३ रन र अन्तिम खेलमा पुनः नेदरल्यान्ड्ससँग ५७ रनले हार बेहोरेको हो।

    लगातार चार हारपछि नेपालको विश्वकप लिग–२ को शीर्ष चारभित्र रहँदै विश्वकप छनोटको सम्भावना पनि लगभग समाप्त भएको छ। हाल नेपाल ३२ खेलबाट २४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ।

    नेपालले अब लिग–२ अन्तर्गत अन्तिम सिरिज आगामी अक्टोबरमा ओमानमा खेल्नेछ। उक्त सिरिजमा नेपालले आयोजक ओमान र क्यानडाको सामना गर्ने तालिका छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    Techie IT