Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदगुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान


    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज यहाँ आयोजित विशेष कार्यक्रमा डोजाका प्रशिक्षक गुरुहरुलाई सम्मान गदै खेलाडीहरुले पूर्णिमा मनाएका हुन् । डोजोले नियमित रूपमा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि बेल्ट टेस्ट तथा विशेष प्रशिक्षणहरू सञ्चालन गदै आएको छ। यस डोजोमा प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्योकुशिनकाइ कराते प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका छन्। गुरु पूर्णिमाको अवसरमा डोजोका सिनियर तथा जुनियर खेलाडीहरूले एकसाथ जम्मा भएर आफ्ना प्रशिक्षक गुरुहरूलाई आदरपूर्वक सम्मान गर्दै आशीर्वाद ग्रहण गरेका हुन् ।
    खेलाडीहरुबाट सम्मान ग्रहणपश्चात मन्तव्य राख्नुहुँदै आईकेओ क्योकुशिनकाइ नेपालका ब्रान्चचिफ दिपक लामाले डोजोले राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको वताउँदै यस डोजोमा प्रशिक्षण गर्ने खेलाडीहरुबाट विगतमा राम्रो खेल प्रदर्शन भएको वताउनुभयो। उहाँले यस डोजोमा प्रशिक्षण गर्ने खेलाडीहरुबाट कराते प्रतियोगितामा आगामी वर्ष अझै प्रगति हुने विश्वास व्यक्त गर्दै जुनसुकै राष्ट्रमा पनि पुगेर उत्कृष्ट खेल प्रदर्शन गर्न सफल हुने अवसर मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । गुरु पूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, मुख्य प्रशिक्षक समीर श्रेष्ठ, प्रशिक्षकद्वय सेन्सेइ उत्तम स्थापित र सेन्सेइ दिनेश स्याङ्तानलाई समेत खेलाडीहरुले सम्मान गरेका थिए ।



    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ

    काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित

    काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    Techie IT