Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १४ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रचिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत

    चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत


    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ तथा आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ गरी उक्त बजेट स्वीकृत गरेको हो।

    बैठकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ सहित कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आवमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय पनि गरेको छ।

    आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित बजेटमध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्चका लागि र ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ।

    बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुरका कर्माचार्य सहित…

    ललितपुर/ १४ साउन: नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्य सहित १९ पदाधिकारी

    नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।

    व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड

    ललितपुर/ ८ श्रावण,  ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा धारणा राख्ने उद्योग व्यवसायीहरुले व्यवसायमैत्री कर नीतिका लागि तीनै तहका

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    Techie IT