नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा
काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको छ। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्दै तयारीका कार्यक्रमसमेत सार्वजनिक गरेको महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्णयअनुसार २०८३ साउन २५ गतेसम्म सदस्यता अद्यावधिक तथा नवीकरण र नयाँ सदस्यता वितरण गरिनेछ। त्यसपछि साउन २५ देखि भदौ २५ गतेसम्म शाखा अधिवेशन तथा भदौ २६ देखि असोज ५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजना बनाएको महासचिव दिलीप पौडेलले जानकारी दिए । बैठकले सरकारी सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूको रोजगारी असुरक्षित बनाउने, करार नवीकरण नगरी नयाँ भर्ना प्रक्रिया अघि बढाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। युनियनले सम्बन्धित निकायसँग कार्यरत पत्रकारहरूको करार नवीकरण, पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। यस्तै, संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै पत्रकारमाथि हुने कानुनी दुरुपयोग, अनावश्यक मुद्दा तथा सबै प्रकारका दबाब रोक्न सरकारसँग माग गरिएको छ। बैठकले तथ्यमा आधारित, खोजमूलक तथा जिम्मेवार पत्रकारिताको प्रवद्र्धन, पत्रकारिता आचारसंहिताको प्रभावकारी कार्यान्वयन, डिजिटल पत्रकारिता र कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ। महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा सञ्चार क्षेत्रमा कार्यरत सबै पत्रकारलाई कानुनबमोजिमको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता तथा श्रम अधिकारको सुनिश्चितता गर्न आग्रह गरिएको छ। स्थानीय तथा साना लगानीका सञ्चारमाध्यमको संरक्षणका लागि कर छुट, सहुलियत ऋण, प्रविधि सहयोग र लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिन राज्यसँग माग गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ६ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ७ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी

तपाईको प्रतिक्रिया दिनुहोस