Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १४ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनिजी शिक्षामा ३ प्रतिशत कर, १० लाखसम्म आयमा कर छुटको व्यवस्था : अर्थमन्त्री वाग्ले

    निजी शिक्षामा ३ प्रतिशत कर, १० लाखसम्म आयमा कर छुटको व्यवस्था : अर्थमन्त्री वाग्ले


    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी विद्यालयमा लगाइएको ३ प्रतिशत करसँगै करदाताका लागि विभिन्न आयकर छुटको व्यवस्था गरिएको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक खर्चलाई कर प्रणालीसँग आबद्ध गर्दै राहतका कार्यक्रम ल्याइएको स्पष्ट पारे ।

    उनले करदाताले आफ्नो आयलाई कर प्रणाली (ट्याक्स नेट) मा समावेश गरेमा वार्षिक १० लाख रुपैयाँसम्मको आयमा आयकर छुटको सुविधा पाउने बताए । उनका अनुसार निजी विद्यालयमा तिर्ने शुल्कलाई कर प्रणालीमा समावेश गर्दा अन्य खर्च व्यवस्थापनमा समेत सहयोग पुग्नेछ ।

    मन्त्री वाग्लेले निजी शिक्षामा लगाइएको ३ प्रतिशत कर आयकर छुटको व्यवस्थालाई सन्तुलन गर्न लागू गरिएको उल्लेख गरे । काठमाडौं बाहिर अधिकांश निजी विद्यालयको मासिक शुल्क ३ देखि ४ हजार रुपैयाँको हाराहारीमा रहेकाले ३ प्रतिशत करको प्रभाव न्यून हुने उनको भनाइ थियो ।

    उनले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले कर प्रणालीमा आबद्ध भएमा प्रभावकारी करदर करिब १ प्रतिशत मात्र रहने दाबी गरे । साथै, निजी विद्यालयमा बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये २५ हजार रुपैयाँ वा कुल शैक्षिक खर्चको २५ प्रतिशतसम्म कर छुटको सुविधा पनि उपलब्ध रहेको जानकारी दिए ।

    अर्थमन्त्री वाग्लेले करको दायरा विस्तार गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यी व्यवस्थाहरू बजेटमार्फत प्रस्ताव गरिएको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुरका कर्माचार्य सहित…

    ललितपुर/ १४ साउन: नेपाल उद्योग बाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्द कर्माचार्य सहित १९ पदाधिकारी

    मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल

    काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै

    पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी

    वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी

    आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने…

    काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज

    नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ

    काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

    Techie IT