Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदहङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन

    हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन


    काठमाडौँ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको छ।

    जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सका लागि आयोजित छनोट प्रतियोगिताको फाइनलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो। यसअघि नै सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, मलेसिया र ओमान एसियन गेम्सका लागि छनोट भइसकेका थिए।

    फाइनलमा १८९ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसबेला कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर क्रिजमा थिए। ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्कासहित शानदार ६५ रन बनाएका थिए भने आसिफ शेख पहिलो बलमै आउट भएका थिए।

    यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो। उसका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रनको आक्रामक योगदान दिए। शिव माथुरले २६ रन जोडे।

    नेपालका बलरमध्ये शेर मल्ल चम्किए। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे। एक समय १८ ओभरमा १७९/५ को बलियो अवस्थामा रहेको हङकङलाई नेपालले अन्तिम ओभरहरूमा दबाबमा राख्दै ठूलो स्कोर बनाउनबाट रोक्न सफल भएको थियो।

    वर्षाले खेल प्रभावित भएपछि डीएलएस पद्धतिअनुसार नेपाल १९ रनले विजयी घोषित भयो र प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान

    Techie IT