स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीसँग जवाफ माग गरेकी हुन् ।
‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद श्रेष्ठले भनिन् ।उनले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाललाई राजनीतिक संरक्षण दिइएको आरोप लगाइन् । उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन् ।उनले २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ ? भन्दै प्रश्न गरिन् । उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन् । उनले सुशासन आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहोर्याइन् ।
कोभिड पछिको समयमा दुबईमा नेपालीहरू भिजिट भिसामा बिचल्ली परेपछि गठित त्यो कार्यदल र अहिलेको कार्य दलमा केही फरक नभएकाले संसदीय छानबिन समिति मागेको श्रेष्ठले दाबी गरिन् ।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो । उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको छ । उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ५ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस