Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारसुशीला र ओमप्रकाशहरूले चुनाव गराउन केपी ओली र रमेश लेखकको मुख ताकेर बस्नु लज्जास्पद : प्रभु साह

    सुशीला र ओमप्रकाशहरूले चुनाव गराउन केपी ओली र रमेश लेखकको मुख ताकेर बस्नु लज्जास्पद : प्रभु साह


    जनकपुर, २९ पुष । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीपछि गगन थापा र विश्व्रपकाश शर्माहरू पनि २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन सार्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन् । उनले चुनाव गराउने म्याण्डेट पाएका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालपनि दमनकारी केपी ओली र रमेश लेखककै मुख ताक्नुपर्ने अवस्थामा हुनु भनेको स्वयम देश र उनीहरुको लागि पनि लाजको विषय भएको टिप्पणी गरे ।

    आज (मंगलबार) धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले ठूला भनिएका दलका नाईके र जेन–जी आन्दोलनकी अपहरणकारी सुशीला कार्कीहरु निर्वाचन सार्ने षड्यन्त्रमा लागिपरेको भन्दै जनतालाई चनाखो हुन अपिल गरेका छन् । उनले निर्वाचन सार्न खोजिए जनस्तरबाटै प्रतिकार हुने सख्त चेतावनी दिएका छन् । उनले सुशीला सरकार जेन–जी जनविद्रोहको जगमा जन्मिएको भएपनि यसले जेन–जीहरुको भावनालाई कुल्चिएको भन्दै आक्रोश पोखे ।

    उनले भने–“ जेन–जी जनविद्रोह ०८४ को निर्वाचन ०८२ मा गर्नको लागि मात्रै थिएन, तर यो सरकारले जनेजीहरुको भावनालाई कदर गर्न सकेन, न त सुशासनको प्रत्याभूति दिलाउन सकेको छ, न त आन्दोलनको भावना बुझेको छ, चुनाव चुनाव भनेको सरकारले अझैपनि वातावरण बनाउन सकेको छैन, लुटिएका प्रहरीका हतियार अझै हजारौंको संख्यामा फिर्ता भएकै छैनन्, गम्भीर अपराधमा कैद भुक्तान गरिरहेका फरार कैदीबन्दीहरु अझै फिर्ता ल्याउन सकेको छैन, भयरहित चुनाव गराउला भनेर यो सरकारलाई विश्वास गर्ने वातावरण छैन । तर, पनि चुनावको सम्पूर्ण तयारीमा दलहरु होमिएका छन्, जनताले पनि मुड बनाईसकेको अवस्था छ, तर सुशीला कार्की र ओमप्रकाश अर्यालहरु केपी ओली र रमेश लेखकको मुख ताकेर बसेका छन्, चुनाव गराउनको लागि भन्दापनि नगराउनको लागि दिनदिनै बालुवाटारमा बोलाएर केपी ओलीलाई स्वागत तथा सत्कार गर्नमा यो सरकार व्यस्त देखिएको छ ।”

    साहले जेन–जी आन्दोलनमा दमन गर्ने केपी ओलीहरुले बाहिर–बाहिर चुनाव हुँदैन भनेर खोकेपनि भित्र–भित्र चुनावको तयारीमा होमिएको भन्दै डबल–स्टाण्र्ड नदेखाई चुनावीमा होमिन सुझाव दिए । संसद् पुनःस्थापना गराएरै छोड्छु भनेर ठोकुवा गर्ने केपी ओलीपनि लुरुलुरु चुनावको तयारीमा लागेको र धमाधम उम्मेदवार तय गर्न लागिपरेकोले अबपनि चुनाव भाँड्नेगरि अभिव्यक्ति नदिन साहले ओलीलाई चेतावनी दिए ।

    साहले युवाहरुलाई ताकि–ताकि गोली हान्ने तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री लेखकलाई दमनकारी र जेनजी आन्दोलन नै अपहरण गरेर सत्ताभोग गरेको भन्दै सुशीला कार्की र ओमप्रकाश अर्याललाई हाईज्याकरको संज्ञा दिएका छन् । उनले सुशीला र ओमप्रकाशहरु पनि केपी ओली र रमेश लेखककै नयाँ भेरिएन्ट भएको भन्दै नक्कली मान्छेहरुलाई जनताले चिन्नुपर्ने बताए ।

    उनले नेपाली कांग्रेसमा पुस्तान्तरणको बहस गर्ने गगन थापा र विश्वप्रकाश शर्माले पनि नेतृत्व परिवर्तनको लागि समयमै हस्तक्षेप गर्न नसकेको आरोप लगाए । उनले अहिले निर्वाचनको मुखमा विशेष महाधिवेशनको नाममा निर्वाचन पर धकेल्न खोजेको हो भने जनताले प्रतिकार गर्ने चेतावनी दिए । उनले कांग्रेसको आन्तरिक घर–झगडा देखाएर चुनाव सार्नेगरि एउटा समूह सक्रिय बनेको भन्दै जनताको चाहनाविपरित कुनैपनि दुस्प्रयास नगर्न चेतावनी दिए । उनले देश विषम परिस्थितिमा गुज्रिएको भन्दै देशभक्त र परिवर्तनकारी शक्ति एकतावद्ध हुनुपर्ने बेला आएको र आफ्नो ठाउँबाट जनताले पनि खबरदारी गर्नुपर्ने आह्वान गरे ।

    उनले नयाँ र विकल्प दिन्छु भनेर घोक्रो सुकाएर चिच्याउने रवि लामिछाने, सोसल मिडियामा भर्वल डायरिया गर्ने बालेन शाह र कुल हुन नसक्ने कुलमान घिसिङको पनि २१ फागुनको निर्वाचनपछि लोकप्रियताको नाममा चलाईएको प्रियतावादी हावाको बेलुन जनताले फुटाउने टिप्पणी गरे । उनले रवि, बालेन र कुलमानलाई ठग, अनाडी र भ्रष्टको संज्ञा दिएका छन् । यी तीनै जना पात्रले देशलाई सही निकास दिन नसक्ने भन्दै चुनावको मुखमा जनतालाई सचेत हुन अपिल गरे ।

    साहले बालेन शाहले केपी ओलीसँग चुनावी प्रतिष्पर्धा गर्छु भनेर हल्ला फिँजाईएको भन्दै लोकप्रियताको घमण्ड भए काठमाडौं उपत्यकाबाट नै चुनावी प्रतिष्पर्धा गर्न पनि सुझाव दिए । उनले बालेन शाहले काठमाडौंको कुनैपनि क्षेत्रबाट चुनाव जित्न नसक्ने ठोकुवा गरे ।

    उनले भने,“बालेन शाहलाई फेसबुकिया नेता बनाईयो, आफ्नो लोकप्रियताको त्यत्रो घमण्ड भए बालेन शाहले काठमाडौंबाटै चुनाव जितेर देखाउन्, के को झापा झर्छु भनेर धमास देखाउनु, काठमाडौंमा गरिव, श्रमजिवीहरुलाई गरिखान नदिएर अत्याचार गरेको छ, अनि ती भुईंमान्छेले भोट माग्ने बेलामा प्रतिकार गर्छन् भनेर डरले काठमाडौंबाहिर जान खोज्दैछन्, म बालेन शाहलाई डराएर नभाग्न सुझाव दिन्छु ।”

    उनले रास्वपाले विकल्प दिन्छु भन्ने नाममा राजनीतिक नौटंकी देखाएको र हावाको भरमा प्रधानमन्त्री र अर्थमन्त्रीको उम्मेद्वार तोक्न थालेको टिप्पणी गरे । हालै रास्वपाका सभापति रवि लामिछानेले पूर्व सांसद डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न निर्देशन दिएर भावी अर्थमन्त्रीको रुपमा प्रचार गरेको र यसअघि नै भावी प्रधानमन्त्री बनेर बालेन शाहको नाममा सहमति गरेको विषयमा साहको टिप्पणी आएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT