Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारसुशीला कार्कीको हुती हेरेर केपी ओलीले चुनावमा भाग लिन्नँ भनेर चूनौति दिन थाले : प्रभु साह

    सुशीला कार्कीको हुती हेरेर केपी ओलीले चुनावमा भाग लिन्नँ भनेर चूनौति दिन थाले : प्रभु साह


    विराटनगर, १ कार्तिक | आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनाव बहिष्कारको नाममा भाडभैलो मचाउने केपी ओलीको डिजाईन रहेको बताएका छन् ।

    विराटनगरको टंकी सिनुवारी जेसिस भवनमा आज (शनिबार) आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान देशमा फेरी भाड़भैलो मचाउनलाई केपी ओलीले चुनाव बहिष्कारको घोषणा गरेको टिप्पणी गरे ।

    ‘चुनाव बहिष्कार गर्ने एमालेको निर्णय देशलाई असफल बनाउने खेल हो । केपि ओलीहरु अझ सुध्रेन एमालेलाई डुबाएर छोड़ने संकल्प लिएका छन् । केपी ओलीहरु हार्ने डरले चुनाव बहिष्कारको उदघोष गर्दै भाग्न खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने ।

    प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप उनले लगाए । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।

    वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै आजपा अध्यक्ष साहले निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरेका छन् । उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाईएको भएपनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरु अकारण फिर्ता बोलाईएकोमा आक्रोश पोखे ।

    ‘इलेक्सनको म्याण्डेट लिएर बनेको अहिलेको सरकार आफ्ना आसेपासे र भरौटेहरुलाई फेरि राजदूत बनाउनको लागि सक्रिय भयो, म यही कार्यक्रमबाट भन्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईं इलेक्सनमा ध्यान दिनुहोस, यो राजदूतहरु सेलेक्सनमा होईन,’ आजपा अध्यक्ष साहले भने ।

    राजदूत फिर्ता बोलाउँदा पनि भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउनुको कारण पनि उनले प्रधानमन्त्री कार्कीसमक्ष सोधेका छन् । ‘भारतका लागि नेपाली राजदूतमा के त्यस्तो क्षमता र गुण रहेछ, उहाँ सबैको प्रिय भइराख्नुपर्ने, रोचक त यो छ कि भारतका लागि अहिलेको राजदूतलाई आरजु राणाको आशीर्वाद छ भनिन्छ, अहिले सुशीला म्याडमपनि आरजुरको खातिरदारीमा लाग्नुभएको हो र ?, होईन भने किन यो तहको अतिरिक्त मोह र सम्मान देखाउनुभयो ?’ उनले भने ।

    पूर्वमन्त्री साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरु कहिल्यैपनि असल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे । एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय लिएको र २१ फागुनको निर्वाचनमा भाग नलिने अध्यक्ष ओलीको उद्घोष थियो । साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिंगो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न चेतावनी दिए ।

    उनले सिंगो एमाले पँक्तिलाई देशलाई थप असफल बनाउनबाट बचाउनको लागि पनि चुनावको पक्षमा दृढताका साथ उभिन अपिल गरेका छन् । एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिएको भएपनि अर्कोतिर एमाले नेताहरु शितलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा भाग लिने गरेको भन्दै यस्तो द्वेद्धचरित्र नदेखाउनपनि उनको आग्रह छ ।

    उनले वर्तमान सरकार चुनाव गराउने दिशामा नदेखिनु र आवश्यक तयारीसमेत नगरेको बेलामा एमालेले चुनावमा भाग नलिने भनेर घोषणा गर्नुमा षड्यन्त्रको गन्ध देखिएको आरोप लगाए । वर्तमान सरकार केपी ओलीकै सिफारिशमा बनेकोले यो सरकारलाई एमालेले असंवैधानिक भनेर भन्न नमिल्नेपनि साहको भनाई छ ।

    उनले भने,‘मैले अस्ति काठमाडौंमा बृहत्त पत्रकार सम्मेलनमा पनि यो सरकारको कसरी जन्मियो भनेर प्रष्टसँग भनिसकेको छु, सुशीला कार्की मुख्यतय बालेन शाह र केपी ओलीको कारण प्रधानमन्त्री हुनुभएको हो, बालेनको प्रस्ताव र केपी ओलीको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको छ, अनि अहिले आएर केपी ओलीले असंवैधानिक भन्न मिल्छ ? राष्ट्रपतिजीले सुशीलालाई प्रधानमन्त्री बनाउनको लागि केपी ओलीले दिएको लिखित सिफारिशपत्र सार्वजनिक गर्नुपर्छ ।’

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुसँग दूरी राखेर गलत गरेको पनि साहको आरोप छ । उनले भने, ‘अहिले प्रधानमन्त्रीले दलहरुसँग सम्वाद नै नगर्ने कसम खाएकोजस्तो देखिन्छ, उहाँले ब्लण्डर गर्दै हुनुहुन्छ, चुनाव गराउने म्याण्डेट बोकेको प्रधानमन्त्रीले यसरी दलहरुसँग दुरी बनाउन मिल्छ ? उहाँ आँफै राजनीतिक व्यक्तित्व हो नि, प्रधानमन्त्री बन्ने, सुखसुविधा भोग गर्ने अनि दलहरुसँग सम्वाद गर्दिनँ भन्न मिल्छ ? कदापि मिल्दैन ।’

    उनले चुनावी तयारीको नाममा अनावश्यक नाटकमञ्चन गर्न बन्द गर्न र शितलनिवासमा तमाशा देखाउने काम नगर्न प्रधानमन्त्री कार्कीलाई चेतावनी समेत दिए । कार्यकारी भूमिका लिएको प्रधानमन्त्रीले दलका नेताहरु, जेनजीका प्रतिनिधिहरुसँग दिनहुँ शितलनिावसमा वार्ता गर्नु अशोभनीय भएको उनको आरोप छ । उनले भने, ‘चुनावी तयारी, जेनजीहरुसँगको सम्वाद सबै बालुवाटारमा गर्नुहोस, शितलनिवास र निर्वाचन आयोग देखाएर दलहरुसँग दूरी कायम राख्ने काम नगर्नुहोस, तपाईंले नचाहेरपनि जनताले अब चुनाव चाहिसकेका छन् । यो सरकारलाई कान समातेर पनि अब हामी चुनाव गराउन लगाउँछौं ।’

    सुशीला सरकारमा सहभागीहरुको अनुहार हेर्दा नै देशको मुहार नफेरिने निश्चित् रहेको उनको दाबी छ । ‘को कसरी मन्त्री भए भन्ने कुरा नेपाली जनतालाई केही थाहा छैन, फुत्तफुत्त ल्याएर मन्त्री बनाईएको छ, एक महिना भन्दा बढि समय व्यतित भइसक्यो, बाँकी मन्त्री नियुक्त हुन सकेको छैन, सुशीला कार्की आँफैमा प्लेयर देखिनुभएन, उहाँलाई कसैले निर्देशन दिएको होला, होईन भने एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्दैन् ?’ साहको आक्रोश थियो ।

    देशलाई शक्ति राष्ट्रहरूको खेल मैदान बनाउन खोजिएको भन्दै सबै दलमा भएका राम्रा र सच्चा क्रान्तिकारीहरुबीचको मोर्चाबन्दी र एकता आवश्यकता रहेको पनि साहले औंल्याएका छन् । उनले भने, ‘देश अहिले संकटको भूमरीमा फसेको छ । यसबाट बाहिर निकाल्नकोलागि सबै दलमा भएका राम्राहरुबीच सहकार्यको आवश्कता छ । कांग्रेस, एमालेमा भएका राम्राहरु यसरी गलत नेतृत्वको पछि सती नजानुहोस, आफ्नो विवेक प्रयोग गर्नुहोस, देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतामा संकट देखिएको छ । सबै मिलेर सामना गर्नुपर्छ ।’

    देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमा उत्रिन खोजेको आभाष हुन थालेको भन्दै साहले आलोचना गरे । अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए । उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    Techie IT