सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
काठमाण्डाै – हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ५९ विन्दुमा पुगेको छ ।आज ३३४ कम्पनिका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ मा कारोबार भएको थियो । आज बैंकिङ, लगानीम जीवन बीमा, माइक्रो फाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
यसदिन कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि राधी विद्युत, एसवाइप्यानल र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा बढी कारोबार भएका छन् ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला हाइड्रोकोको ८३ करोड ५७ लाखको कारोबार भएको छ भने राढ़ी विद्युतको ५४ करोड ३६ लाख कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
- ७ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा

तपाईको प्रतिक्रिया दिनुहोस