Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारविशेष अदालतमा न्यायाधीश फेरियो , थारुको सरुवा कोइरालालाई तोक्न सिफारिस

    विशेष अदालतमा न्यायाधीश फेरियो , थारुको सरुवा कोइरालालाई तोक्न सिफारिस


    काठमाडौ/ १२ पुस,न्याय परिषदले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिर्वतन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषदको शुक्रबारको वैठकले विशेषमा एक सदस्यमात्र परिर्वतन गर्ने निर्णय गरेको हो । विशेष अदालतमा लामो समयदेखि रहेका न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गरेको छ। थारुलाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा सरुवा गरिएको छ। उनको स्थानमा विदुर कोइरालालाई तोक्न परिषदले सिफारिस गरेको हो । परिषदको सिफारिसमा मन्त्रीपरिषदले नियुक्ती गर्ने छ ।

    थारु विशेष अदालतमा मुख्य न्यायाधीश श्रीकान्त पौडेलको टिम हुदाँदेखि कायम थिए । परिषदले यस पटक उनलाई सरुवा गरेर कोइरालालाई ल्याएको हो ।

    विशेषमा अहिले टेकनारायण कुँबरको नेतृत्वमा रहेको छ। विशेषमा कुँबरसहित पाँच जनाको टोली रहेको छ।

    विशेषमा तेजनारायण सिंह राई, रामबहादुर थापा ,मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्य रहेका छन् । विशेषमा कम्तिमा दुई वटा इजलास गठन हुने गरि ६ जना न्यायाधीशको दरबन्दी रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गर्ने भ्रष्टाचार मुद्दाहरु विशेषले सुनुवाई गर्ने गर्दछ । विशेषले पछिल्लो समय निकै प्रशंसायोग्य काम गरिहेको भनि प्रधानन्यायाधीशले नै तारिफ गर्दे आएका छन् । विशेषले पुराना मुद्दाहरु सकेको छ भने कम्तिमा ६ महिना पुराना मुद्दामात्र बाँकी राखेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT