Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिविपद्बाट भएको क्षति विवरण संसदलाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग

    विपद्बाट भएको क्षति विवरण संसदलाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग


    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाको कारण भएको क्षतिको विवरण संसदमा जानकारी गराउन सरकारसँग माग गरेका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले सरकारले संसदमा आएर देशभरमा अविरल वर्षाका कारण भएको क्षतिको विवरण प्रश्तुत गर्न माग गरेका हुन् ।

    उनले वर्षाले देशभर धेरै क्षति पुर्याइसकेको भएपनि हालसम्म सरकारले संसदलाई जानकारी नगराउनु दुःखको विषय भएको बताए । उनले संसद बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरु उत्तरदायी नभएका भन्दै सरकारमा रहुन्जेल संसद बैठकमा उपस्थित हुनुपर्ने बताए । उनले विपद्प्रति सरकारको ध्यान आकृष्ट गर्न आग्रह गरे ।
    उनले भने – ‘तथ्यांकहरु पत्रिकामा पढेर मैले यहाँ जानकारी गराउनु परेको छ । कमसेकम सरकारले सदनमा आएर देशभरीमा अविरल वर्षाका कारणले, बाढी, पहिरो, डुबानका कारणले कति हताहत भयो ? कति मानिसको ज्यान गयो ? कति घाइते भए ? कति बिस्थापित छन् ? घाइतेहरुको उपचारको स्थिति के छ ? विस्थापितहरुलाई पुर्नस्थापित कसरी गर्ने भन्ने बारेमा सम्म सरकारले जानकारी गराएको छैन । यो दुःखको विषय हो । प्रधामन्त्री, मन्त्रीज्यूहरुको उपस्थिति संसदमा भइराखेको छैन ।

    सरकारले विश्वासको मत लिन संविधान अनुसार पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ त्यसमा केही दुविधा छैन । सरकारले पूरै तीस दिन लेओस् । त्यसमा आपत्ति छैन । तर सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्यो । आइदिनुपर्यो । स्थिति के छ भनिदिनु पर्यो । सरकारले अहिले अविरल वर्षाका कारणले बाढी, पहिरो र डुबानले जुन समस्या उत्पन्न भएको छ । यसका बारेमा सदनमा जानकारी गराइदेओस् । यसतर्फ सरकारको विशेष ढंगले ध्यान आकृष्ट होस् र सरकारले द्रुत गतिमा काम गरोस् ।’

    नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले कञ्चनपुर जिल्लामा बाढी पहिरोले धेरै क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले विपद् व्यवस्थापनका लागि संघीय सरकारले ध्यान दिनु जरुरी रहेको बताए । उनले स्थानीय तह र विभिन्न संघ, संस्थाहरुले मात्रै विपद् प्रतिकार्य गर्न नसक्ने बताए ।
    त्यसैगरी आकस्मिक समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)की सचेतक रुपा सोसी चौधरीले विपद्मा प्रभावित परिवारलाई पुनःस्थापना गर्न सरकारलाई आग्रह गरिन् । उनले आगामी दिनमा डुबान नहुने गरी संरचना बनाउनुपर्नेमा जोड दिइन् ।
    उनले पनि कञ्चनपुर र कैलाली जिल्लामा ठूला नदीका कारण वर्षेनी डुबान भइरहेको भन्दै दीर्घकालिन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।



    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    Techie IT