Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपा दैलेखमा निर्वाचन विवाद : २४० मत खसेको दाबी, गणनामा २४६ मत देखिएको आरोप

    रास्वपा दैलेखमा निर्वाचन विवाद : २४० मत खसेको दाबी, गणनामा २४६ मत देखिएको आरोप


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएसँगै मतगणना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। मतदान विवरण र सार्वजनिक मतपरिणामबीच असमानता देखिएको भन्दै असन्तुष्ट पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।

    सभापति पदका उम्मेदवार प्रकाशकुमार बुढाले निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गर्दै तालाबन्दी गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन समितिले कुल २४० मत खसेको जनाएको भए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत जोड्दा २४६ पुग्ने देखिएको छ।

    जिल्ला सभापति चयनका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि आइतबार मध्यरातमा मतदान प्रक्रिया सञ्चालन गरिएको थियो।

    असन्तुष्ट पक्षले मतगणना प्रक्रियामा देखिएको भनिएको त्रुटाबारे निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ। यद्यपि, विवादबारे निर्वाचन समितिको औपचारिक प्रतिक्रिया हालसम्म सार्वजनिक भएको छैन।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश…

    काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    Techie IT