मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय र समाजको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन तथा संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको बताए।
उनका अनुसार अहिले मानव बेचबिखन चेलीबेटीमा मात्र सीमित नरही युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरूसम्म फैलिएको छ। आकर्षक रोजगारी, उच्च आम्दानी र राम्रो जीवनशैलीको आश्वासन देखाएर विदेश पुर्याई शोषण गर्ने अपराध बढ्दै गएको उनले उल्लेख गरे।
आचार्यले बदलिँदो अपराधको स्वरूपसँगै मानव बेचबिखन नियन्त्रण नेपाल प्रहरीका लागि पनि ठूलो चुनौती बनेको भन्दै सुरक्षा निकायले समयअनुसार आफ्नो क्षमता र रणनीति विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले आधुनिक प्रविधि, विशेषगरी मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले ठगी तथा मानव बेचबिखनका घटनामा वृद्धि भएको बताए। प्रविधिले जीवन सहज बनाए पनि यसको गलत प्रयोगले समाजमा गम्भीर विकृति निम्त्याइरहेको उनको भनाइ थियो।
“धेरै नेपाली युवा–युवती आकर्षक अवसरको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् र त्यहाँ अमानवीय तथा कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेका छन्,” उनले भने।
मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा आम नागरिकबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा आचार्यले जोड दिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ४ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ५ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ६ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ७ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

तपाईको प्रतिक्रिया दिनुहोस