फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक, विपिन–केकीको प्रेमकथा भावुक शैलीमा प्रस्तुत
काठमाडौँ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म काजी को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध, वैवाहिक जीवन र प्रेमका उतारचढावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’को भूमिकामा देखिएका छन्। विवाहपछिको प्रेमकथालाई केन्द्रमा राखिएको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ।
लक्ष्मण रिजाल को निर्देशन रहेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी र विशाल पहारी लगायत कलाकारहरूको अभिनय रहेको छ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई श्रीराम बालाजी फिल्मस् ले नेपालभर वितरण गर्ने जनाएको छ।
‘काजी’को ट्रेलर:
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ४ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ५ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस