प्रधानमन्त्रीलाई ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी
काठमाडौँ/१६ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताउनुभयो । उहाँले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि उक्त संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गर्नुभयो ।
सो संस्थाले झापाको दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने काठमाडौँको बुढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा नेपाल सरकारले भाडामा उपलब्ध गराएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ५ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस