Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारपति दीर्घायुको कामनासहित मिथिलाञ्चलमा धुमधामसँग मनाइँदै वट सावित्री पर्व

    पति दीर्घायुको कामनासहित मिथिलाञ्चलमा धुमधामसँग मनाइँदै वट सावित्री पर्व


    सर्लाही । मिथिलाञ्चलका मैथिली महिलाहरूले आज पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख–समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । मिथिला क्षेत्रमा यो पर्वलाई ‘वसराइत पावइन’ नामले पनि चिनिन्छ ।

    हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरू निराहार व्रत बसेर वर तथा पीपलको रुखमुनि सामूहिक पूजा–आराधना गर्ने परम्परा रहेको छ । महिलाहरूले पान, सुपारी, केरा, फलफूल, धूप, अगरबत्तीलगायतका पूजा सामग्री अर्पण गर्दै वरको रुखमा रातो र पहेँलो धागो बेरेर पूजा गर्ने गर्छन् ।

    पर्वका अवसरमा व्रतालु महिलाहरूले धानको लावा भुटी बेसारबाट गौरीको आकृति बनाउने, वरको रुखलाई काँचो धागोले बेरेर पूजा गर्ने तथा भोलिपल्ट स्नानपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर व्रत समापन गर्ने चलन रहेको छ ।

    धार्मिक मान्यताअनुसार सत्ययुगमा सतिसावित्रीले कठोर व्रत र तपस्याबाट आफ्ना पति सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याएकी थिइन् । यही विश्वासका आधारमा मिथिलाञ्चलमा विवाहित महिलाहरूले पतिको दीर्घायु र अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाउने परम्परा रहिआएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    Techie IT