Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाली कांग्रेसद्वारा ३७ वटा विभागमा सचिव मनाेनयन

    नेपाली कांग्रेसद्वारा ३७ वटा विभागमा सचिव मनाेनयन


    ललितपुर/ २७ पुस: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभागमा सचिव मनाेनयन गर्नुभएको छ।
    पार्टी सभापति देउवाले शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका विभिन्न ३७ वटा विभागकाे सचिवमा मनोनयन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पोैडेलले जानकारी दिनुभयो ।
    सभापति देउवाले प्रदेश समन्वय विभाग तनहुँका डा. रघु काफ्ले, महिला विभागमा धादिङका कविता इटनी, सूचना, संचार तथा प्रचार विभागमा महाेत्तरीका  गोपाल झालाई सचिवकाे जिम्मेवारी तोक्नुभएकाे छ।
    त्यस्तै, सभापति देउवाले वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कैलालीकी ई. समिक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा काठमाडौंका ध्रुव खड्का, सहकारी विभागमा नवपरासी व.सु.पश्चिम चन्द्रप्रसाद ढकाललाई विभागीय सचिवकाे जिम्मेवारीमा मनाेनयन गर्नुभएको छ।
    पार्टीको पेशागत तथा वुद्धिजीवी विभागमा तेह्रथुम विजय तुम्वाहाम्फे, तराई–मधेश समन्वय विभागमा पर्साका ई. मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दैलेखका श्री दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा काठमाडौंका इन्द्रमान तुलाधर, वित्तिय संस्था समन्वय विभागमा सल्यानका चार्टर्ड एकाउन्टेन्ट दिलमानसिंह चन्दलाई मनाेनयन गर्नुभएकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पोैडेलले जानकारी दिनुभयो ।
    पार्टीको थारू विभागमा दाङका हल्लुप्रसाद चौधरी, द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभागमा गुल्मीका हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा अर्घाखाँचीका लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा रामेछापका एडी लामा, कानून विभागमा सुर्खेतका अधिवक्ता कलमबहादुर खत्री, खेलकुद विभागमा काठमाडौंका राजन के.सीलाई जिम्मेवारी दिइएको छ।
    पार्टीको शुभेच्छुक संस्था समन्वय विभागमा अर्घाखाँचीका निर्मला क्षेत्री, संसदीय मामिला विभागमा काठमाडौंका वासु कार्की, गैर सरकारी संस्था समन्वय विभागमा गोरखाका प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा दोलखाका पासाङ शेर्पा, भू.पू. सैनिक विभागमा काठमाडौंका सुनिता लामिछाने, स्वास्थ्य विभागमा झापाका ईश्वर कार्की, पिछडिएको क्षेत्र समन्वय विभागमा धादिङका उत्तम सिम्खडा,आपूर्ति तथा उपभोक्ता विभागमा काठमाडौंका मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा काठमाडौंका डी.पी. अर्याल, आर्थिक नीति तथा योजना विभागमा तनहुँका नवीन खनाललाई विभागीय सचिवका जिम्मेवारीमा चयन गरिएको छ।
    त्यस्तै, विज्ञान तथा सूचना प्रविधि विभागमा ग‍ोरखाका ईन्जिनियर सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा सुनसरीका विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा डडेल्धुराका वीरेन्द्र थापा, व्यवसायिक सीप विकास विभागमा रोैत्तहटका सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा माेरङका सुभाषप्रसाद लोहनीलाई मनोनयन गरिएको मुख्य सचिव पोैडेलले जानकारी दिनुभयो।
    पार्टीको साहित्य, कला तथा संस्कृति विभागमा ललितपुरका ऋषवदेव घिमिरे, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा महोत्तरीका रञ्जिता यादव, मानव अधिकार विभागमा लम्जुङका डा. वासुदेव गिरी, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा काठमाडौंका खगेन्द्र आचार्यलाई पार्टीको विभागीय जिम्मेवारीमा मनोनयन गरिएको मुख्य सचिव पोैडेलले जानकारी दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT