Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारनीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन


    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शतप्रतिशत उपलब्धि हासिल गर्न निर्देशन दिएकी छन्।

    सोमबार सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय तथा कार्यक्रम प्रमुखहरूसँग भएको बैठकमा उनले योजना कार्यान्वयनलाई समयबद्ध र परिणाममुखी बनाउन विभिन्न निर्देशन दिएकी हुन्।

    डंगोलले योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचाअनुसार एक साताभित्र वार्षिक कार्ययोजना तयार गरी पेस गर्न निर्देशन दिइन्। साथै प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखबीच सूचकसहितको कार्यसम्पादन सम्झौता साउन महिनाभित्र सम्पन्न गर्न तथा सार्वजनिक खरिद प्रक्रियामा लैजानुपर्ने योजनाको सूचना असोजभित्र प्रकाशित गरिसक्न सम्बन्धित विभागलाई आग्रह गरिन्।

    उनले वडास्तरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रबाट आवश्यक सहयोग उपलब्ध गराउने, कार्यालय सञ्चालनलाई मितव्ययी बनाउने, मर्मत गरेर प्रयोग गर्न सकिने सामग्री मर्मत गरी उपयोग गर्ने तथा प्रयोग गर्न नसकिने सामग्रीलाई लिलामी प्रक्रियामा लैजान निर्देशन दिइन्।

    कार्यवाहक प्रमुख डंगोलले सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन तथा वित्तीय अनुशासन कायम राख्न कर्मचारीहरूलाई सचेत गराउँदै गत वर्षका सफल अभ्यासलाई निरन्तरता दिन, करको दायरा विस्तार गर्न र सहरी योजना आयोगबाट आवश्यक सहयोगका लागि तीन दिनभित्र माग पठाउन पनि निर्देशन दिइन्।

    उनले महानगरभित्र आन्तरिक तथा बाह्य समन्वय र प्रभावकारी सञ्चारलाई समेत उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उत्तरदायी, पारदर्शी र मितव्ययी महानगर निर्माणका लागि सबै कर्मचारीले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए। उनले प्रत्येक नीति, योजना तथा कार्यक्रमका लक्षित नतिजा हासिल हुने गरी विभागीय प्रमुखहरूले मातहतका कर्मचारीलाई मूल्याङ्कन सूचकसहित कार्यविवरण उपलब्ध गराउनुपर्ने धारणा राखे।

    सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले आयोग, विभाग, आयोजना र सचिवालयबीचको प्रभावकारी समन्वयबाट दिगो नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे। आयोगका सदस्य डा. सुरज काफ्लेले पनि साझा संकल्प र समान दृष्टिकोणबाट लक्ष्य हासिल गर्न सकिने बताए।

    बैठक सम्पन्न भएलगत्तै प्रमुखको सचिवालयले बैठकका निर्णय कार्यान्वयनका लागि सबै विभाग, आयोजना तथा सचिवालयमा परिपत्र जारी गरेको जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT