Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियदुई अर्व रुपैयाँ बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

    दुई अर्व रुपैयाँ बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय


    काठमाडौं/ ४ माघ,गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ।
    सो क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो ।
    “ पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ ।” महानिर्देशक पन्थीले भन्नुभयो–“ हामीले अदालतबाट सो सम्वन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समुह बनाएर खटाएका छौं ।”
    उहाँले सम्पत्ति जफत सम्वन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिनुभयो ।
    महानिर्देशक पन्थीले रु दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारीमा रहेको बताउनुभयो । पहिलो चरणमा पाँच पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पती जफतको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
    अदालतबाट फैसला भइ जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारहरूले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वाेच्चबाट फैसला भएअनुसारका घरजग्गा जफत गरी सरकारको नाममा ल्याउने कार्य तिव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाई छ ।
    कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार पुर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरु, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारी बहादुर कार्की, केशरजंग खड्का र रामात्रा चर्तुबेदीको काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । त्यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताप पेश भएको छ ।
    विगतमा अपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाईले नेपाली महिलाको नाममा काठमाडौंमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढेको हो ।
    डेढ बर्ष अघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताउनुभयो ।
    “ होजाईसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ ।” उहाँले भन्नुभयो–“ होजाईले नेपालमा निर्मल राईको नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतंकवाद/अपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।”
    कसुरजन्य सम्पत्तिको जफतको कामलाई तीव्रता दिइने बताउँदै विभागका महानिर्देशक पन्थीले केही कसुरजन्य सम्पत्ति जफतका लागि प्रक्रिया अघि बढिसकेको जानकारी समेत दिनुभयो ।
    “ जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारको नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ ।” उहाँले भन्नुभयो–“ भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारको नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिनेछ ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रभावकारी

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    Techie IT